Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


भारतीय क्षेत्रबाट जंगली हात्ती सुनसरीमा प्रवेश, हात्तीको आक्रमणबाट एक जनाको मृत्यु


0
Shares

सुनसरी, भदौ १५ । सुनसरीमा जंगली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरीको कोशी गाउँपालिकाका–३ का ३२ बर्षीय अनमोल मुखिया छन् । आज स्थानीय खरे खोलामा माछा मार्न गएको अवस्थामा भारतबाट आएको जङ्गली हात्तीले आक्रमण गर्दा मुखियाको घटनास्थलमा नै मृत्यु भएको हो ।

अनमोलसँगै गएका अन्य दुई जना भने भाग्न सफल भएका छन् । प्रहरीले सुनसरीमा भारतबाट जंगली हात्तीको हुल प्रवेश गरेको भन्दै स्थानीयलाई सचेत हुन आग्रह गरेको छ ।