१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


‘ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई उपयोग गर्नुपर्छ’


0
Shares

काठमाडौं, असोज २७ । पूर्वउपराष्ट्रपति परमानन्द झाले राज्यले ज्येष्ठ नागरिकको सम्मान गर्नुपर्ने बताएका छन् ।

बडादसैंको अवसरमा ज्येष्ठ नागरिक मञ्चले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उनले ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई राज्यले उपयोग गर्नुपर्ने बताए ।

ज्येष्ठ नागरिक मञ्चका अध्यक्ष मदनदास श्रेष्ठले ज्येष्ठ नागरिकको हकहितका लागि प्रयाप्त काम हुन नसकेको गुनासो गरे ।

कार्यक्रममा ज्येष्ठ नागरिकहरुको उल्लेख्य सहभागिता थियो ।