
काठमाडौं, असोज २७ । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको स्वयम्भूस्थित प्राकृतिक विज्ञान संग्रहालयको शनिबार अवलोकन गरेकी छन् ।
विश्व विपद् न्यूनीकरण दिवसका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले प्राकृतिक विज्ञान संग्रहालयको उद्यानमा वृक्षरोपणसमेत गरिन् ।
उनले बहुमूल्य बोधिचित्तको विरुवा रोपेकी थिइन् ।
कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संग्रहालयलाई केवल जीवजन्तु र बोटविरुवाको संकलन हुने थलोकारुपमामात्र सीमित राख्न नहुने भन्दै यसको बहुआयामिक उपयोगमा जोड दिनुपर्ने बताए ।
मन्त्री पोखरेलले नेपालमा भएका जडीबुटीको अध्ययन गरी त्यसलाई संस्कृतिसँग पनि जोड्नसके संग्रहालयको महत्व झन् बढ्ने बताए ।
मन्त्री पोखरेलले संग्रहालय व्यवस्थित गर्न मन्त्रालयले विश्वविद्यालयसँग मिलेर थप पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्