
कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकी नाकामा तालिम प्राप्त कुकुर परिचालन गरी सुरक्षाजाँच गर्न थालिएको छ ।
दसैंलाई लक्षित गर्दै नेपाल प्रहरीले सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन तालिम प्राप्त कुकुर प्रयोग गरेर सुरक्षा जाँच गर्न थालेको हो ।
खुला सिमानाका कारण चाडपर्वका बेला गड्डाचौकी नाकाबाट अवैध कारोबार हुनसक्ने र लागूऔषधको ओसारपसारसमेत हुनसक्ने सम्भावना देखिएको भन्दै प्रहरीले विशेष सुरक्षा योजनाअन्तर्गत धनगढीबाट ल्याइएका तालिम प्राप्त कुकुरलाई छठसम्म कञ्चनपुरमा राखिने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
फुच्चे नाम गरेको तालिम प्राप्त कुकुरले सुँधेर लागूऔषधको ओसारपसार भए नभएको चेकजाँच गर्ने गर्दछ ।
प्रतिक्रिया दिनुहोस्