१२ भाद्र २०८२, बिहिबार | Thu Aug 28 2025


बैतडीका मन्दिरहरुमा एक हजार बढी राँगा तथा बोकाको बली दिइयो

बैतडी । महाअष्टमी पर्वका अवसरमा बैतडीका विभिन्न भगवती मन्दिरमा १ हजार भन्दा बढी रांगा तथा बोकाको बली दिइएको छ । जिल्लाका विभिन्न भगवती मन्दिरमा लाखौं भक्तजनले दर्शन गरेका छन् । देहिमाडौंमा रहेको प्रसिद्ध निंगलाशैनी भगवती मन्दिरमा ३ सय ५२ रांगा र ३ सय ३५ बोकाको बली चढाइएको बैतडीका प्रहरी प्रवक्ता कान्तिराज जोशीले जानकारी दिए ।…