१६ आश्विन २०८०, मंगलबार | Tue Oct 3 2023


बैतडीका मन्दिरहरुमा एक हजार बढी राँगा तथा बोकाको बली दिइयो


0
Shares

बैतडी । महाअष्टमी पर्वका अवसरमा बैतडीका विभिन्न भगवती मन्दिरमा १ हजार भन्दा बढी रांगा तथा बोकाको बली दिइएको छ ।

जिल्लाका विभिन्न भगवती मन्दिरमा लाखौं भक्तजनले दर्शन गरेका छन् ।

देहिमाडौंमा रहेको प्रसिद्ध निंगलाशैनी भगवती मन्दिरमा ३ सय ५२ रांगा र ३ सय ३५ बोकाको बली चढाइएको बैतडीका प्रहरी प्रवक्ता कान्तिराज जोशीले जानकारी दिए ।

महाअष्टमीको दिन निंगलाशैनी भगवती मन्दिरमा ५० हजार बढी दर्शनार्थीले दर्शन गरेको दशरथचन्द नगरपालिका २ का वडा अध्यक्ष रनबहादुर बोहराले जानकारी दिए ।

मेलौलीमा रहेको मेलौली भगवती मन्दिरमा १ सय ३३ रांगा र  १ सय ६७ बोकाको बली दिईएको छ ।

यस्तै पुर्चौडीमा  रहेको डिलाशैनी भगवती मन्दिरमा १३ रांगा र ५० बोकाको बली दिइएको छ ।

त्रिपुरासुन्दरी मन्दिरमा पनि रांगा तथा बोकाको बली दिइएको छ 

निंगलाशैनी भगवती मन्दिरमा बैतडीसहित सुदूरपश्चिम र छिमेका राष्ट्र भारतबाट समेत दर्शनार्थी आउने गरेका छन् ।