८ आश्विन २०८०, सोमबार | Mon Sep 25 2023


राष्ट्रपति भण्डारी, पूर्वराजा ज्ञानेन्द्रद्वारा शक्तिपीठहरुको दर्शन (भिडियो)


0
Shares

काठमाडौं, असोज ३१ । महाअष्टमीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंमा रहेका विभिन्न शक्तिपीठहरुको दर्शन गरेकी छन् ।

बुधबार उनले पहिला नक्साल भगवतीको दर्शन गरी गुह्येश्वरी, मैतिदेवी, कालिकास्थान, भद्रकाली, बज्रवीर महांकाल भैरव, चन्दमहारोसन भैरव (संकटा), न्यत् भुलु अजिमा (श्वेतकाली), शोभा भगवती, विजेश्वरी, इन्द्रायणी र रक्तकालीलगायतका मन्दिरमा पुगी दर्शन गरी प्रसादग्रहण गरेकी थिइन् ।

बुधबारै राष्ट्रपति भण्डारीले गुह्येश्वरीको दर्शन गरेलगत्तै पूर्वराजा ज्ञानेन्द्र शाह पनि शक्तिपीठहरुको दर्शनका लागि निर्मल निवासबाट निस्किएका थिए ।

उनले पनि परम्परादेखि चल्दै आएको सोही मन्दिरहरुमा पुगेर देवदेवीहरुको दर्शन गरे ।

पूर्वराजा शाह विभिन्न शक्तिपीठहरु पुग्दा राजावादीहरुले राजतन्त्रका पक्षमा नारा लगाएका थिए ।

भिडियो हेर्नुहोस्