दाङ, भदौ १८ । दाङमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१, सिमलतरा निवासी ७ वर्षीय गोमा वलीको सर्पदंशबाट मृत्यु भएको हो । उनलाई बुधबार बेलुका ९ बजेतिर आफ्नै घरमा सर्पले टोकेको थियो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका लागि लगिएको उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको…