काठमाडौं । काठमाडौंको हनुमानढोकास्थित बसन्तपुरमा होलीको चीर ठड्याइएको छ । बिहान ७ बजेर ५७ मिनेटको साइतमा बसन्तपुरस्थित हनुमानढोका दरबारको दक्षिण पटाङगिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा ३२ फुट उचाइको रंगीविरङगी होली चीर ठड्याइएको हो । चीर ठड्याएसँगै काठमाडौंलगायत देशभर औपचारिक रुपमा होली पर्व सुरु भएको मानिन्छ । चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाई गरिएको थियो…