
काठमाडौं, फागुन १८ । पूर्वराजा ज्ञानेन्द्र शाह दुई साताको भारत भ्रमण पछि आइतबार स्वदेश फकेका छन् ।
भारतको अमृतसरमा रहेको पवित्र स्वर्ण मन्दिरको दर्शन गरी पूर्व राजा ज्ञानेन्द्र शाह स्वदेश फकेका हुन् ।
पूर्वरानी कोमल शाहको जन्मदिनको अवसर पारेर स्वर्ण मन्दिर पुगेका पूर्वराजा ज्ञानेन्दले भारतको नयाँ दिल्लीमा रहँदा राजनीतिक भेटघाट समेत गरेका थिए ।
भारत भ्रमण टोलीमा पूर्व राजाकी बैनी शोभा शाह र ज्वाई मोहन बहादुर शाहीका साथमा अन्य नातेदारहरु पनि रहेका थिए ।
प्रतिक्रिया दिनुहोस्