२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


१० लाख लागतमा सिँचाई पोखरी निर्माण


0
Shares

पाँचथर । सिँचाई पोखरी निर्माण भएपछि स्थानीय उत्साहित भएका छन् । सुख्खाग्रस्त क्षेत्र पाँचथरको कुम्मायक गाउँपालिका वडा नम्बर १ यासोकमा सिँचाई पोखरी निर्माण भएपछि स्थानीय उत्साहित भएका छन् ।

गाउँपालिका र वडाको गरी १० लाख रुपैयाँको लागतमा सिँचाई पोखरी निर्माण भएपछि गाउँमै युवाले कृषि फार्म दर्ता गरेर व्यावसायिक कृषि पेशा सुरु गरेका हुन् ।

दश जना युवाहरु मिलेर दश लाख रुपैयाँको लगानीमा उनीहरुले उक्त फार्ममा गोलभेडा, काउली, साग, काँक्रा, फर्सीलगायतका तरकारीको खेती गरेका छन् ।

उनीहरुलाई गाउँपालिका तथा वडाले समेत अनुदान तथा प्राविधिक सहयोग गरिरहेको वडा नम्बर १ का वडाअध्यक्ष देवेन्द्र लावतीले जानकारी दिए ।