
रक्षा बज्राचार्य र नरेन्द्र मानन्धर (ईमेज)
बुटवल, फागुन १८ । देशको आर्थिक विकास र सम्वृद्धिको यात्रामा उद्योगधन्दा–कल कारखानाको विकास अपरिहार्य हुन्छ ।
तर राजनीतिक प्रणाली र नेतृत्व परिवर्तनका क्रममा मुलुकका अधिकांश पुराना उद्योग तथा कलकारखाना प्राय बन्द भएका छन् । मुलुक भित्रै सञ्चालनमा रहेका उद्योग बन्द हुंदा लाखौं युवा श्रमशक्ति विश्व श्रम बजारमा पलायन भईरहेको छ ।
यो विकराल अवस्था अन्त्यका लागि भुतपूर्व सैनीकहरु अहिले आवाश्यक भुमिका खेल्न तयार देखिएका छन् । वि.स. २०४६ सालको राजनीतिक परिवर्तन पछि नीजिकरणका नाममा अधिकांश ठुला उद्योग तथा कलकारखानामा आग्लो लाग्यो ।
धेरै पुराना उद्योगको नामोनिशान मेटिएका छन् र चालु अवस्थाका उद्योग रुग्ण अवस्थामा छन् । यसले मुलुकको आर्थिक विकास र आत्म निर्भर बन्ने बाटोमा समस्या थपिईरहेको छ । विश्व श्रम बजारबाट भित्रिएको रेमिटेन्स समेत अनुत्पादक क्षेत्रमा खर्च हुंदा मुलुकको अर्थतन्त्र सम्पूर्ण रुपले परनिर्भर बनिरहेको छ ।
यो टिठ लाग्दो अबस्था अन्त्यका लागि बन्द भएका ठूला उद्योग तत्काल सञ्चालन गर्न र आफूहरुको उर्जा र अनुभव सदुपयोग गर्न भूपू सैनिकहरुले राज्यको ध्यानाकर्षण गराई रहेका छन् ।
नेपाली सेनाले अहिले विभिन्न व्यापारीक क्षेत्रमा हात हालिरहेको बेला अवकाशप्राप्त सैनीकहरु, सेनालाई विकास निमार्ण तथा मुलुकको सुरक्षामा खटाउनु पर्ने पक्षमा छन् । शारिरीक रुपमा अशक्त, बहालवाला सैनिक छक बहादुर रानामगर ।
स्वर्णपदकधारी ह्वील चियर खेलाडी मोहन बहादुर बस्नेत सँग पनि स्वर्णपदक जित्ने जोश र राष्ट्र सेवा गर्ने जाँगर मरेको छैन् । बहालवाला सैनीकमा राष्ट्रको सेवा गर्ने जस्तो जोश छ, त्यस्तै जोश भूपू सैनिकहरुमा पनि छ ।
भुपु सैनीकहरु भने बन्द अबस्थामा रहेका ठुला उद्योग संचालनको जिम्मा आफुहरुलाई दिए मुलुकको अर्थिक विकासमा ठूलो योगदान पुग्ने बताए ।
नेपाली सेनाबाट अवकाशप्राप्त कपिलवस्तुका धर्म ध्वज कुँवर, हाल बन्द रहेको भृकुटी कागज कारखाना पुन संचालनको जिम्मा भूपू सैनिकलाई दिनुपर्ने बताए ।
उनको दावी छ भूपू सैनिकले यो कारखाना संचालन गर्न सक्छ । तथ्यांक अनुसार अहिले नेपालमा भूपू सैनिकको संख्या करिब ८५ हजार छ ।
जसको अनुभव, जोश र सिपलाई राज्यले सदुपयोग गर्न सके– मुलुकमा बिद्यमान बेरोजगारी समस्या समाधानमा मात्र योगदान पुग्दैन–परनिर्भर बन्दै गएको मुलुकको अर्थतन्त्रले समेत सहि बाटो समात्न सक्छ ।
प्रतिक्रिया दिनुहोस्