सर्लाही, भदौ ३० । सर्लाहीको एक निजी विद्यालयका विद्यार्थीहरुले आफ्नो खाजा खर्च जोगाएर अर्को विद्यालयका विपन्न विद्यार्थीलाई सहयोग गरेका छन् । सर्लाहीको ईश्वरपुर–६ मा रहेको लालीगुराँश एकेडेमीका विद्यार्थीले आफ्नो खाजा खर्च जोगाएर १८ हजार ५ सय रुपैयाँ बराबरका स्कुल ब्याग, कापी, पेन्सिल र व्यक्तिगत सरसफाइका सामग्री ईश्वरपुर–७ मा रहेको चन्द्रकुमारी प्राथमिक विद्यालयका ४८ जना विपन्न…