कपिलवस्तु, भदौ ३० । कपिलवस्तुको भितिरियाबासीलाई पुल बनेपछि आवतजावतमा सहज भएको छ ।
कपिलवस्तुको शिवराज नगरपालिका–३ मा पर्ने भितिरियामा मैनार खोला र सुकवेल खोेलामा झोलुङ्गेपुल बनेपछि सहज भएको स्थानीयको भनाइ छ । ८० घरधुरी रहेको भितिरिया गाउँमा पुलबाटै आवतजावत गर्न पाउँदा स्थानीय खुशी भएका छन् ।
सरकारले तुइन हटाउन देशैभर सञ्चालन गरेको अभियानस्वरुप कपिलवस्तुका विभिन्न ठाउँमा झोलुङ्गेपुल निर्माण भइरहेको छ । लिडो नामक संस्थाको प्राविधिक सहयोगमा ४९ लाखको लागतमा पुल निर्माण भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष कपिलदेव खनालले जानकारी दिए ।
पुलको लम्बाई ५० मिटर रहेको छ ।
प्रतिक्रिया दिनुहोस्