२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


खाजा खर्च जोगाएर विपन्न विद्यार्थीलाई सहयोग


0
Shares

सर्लाही, भदौ ३० । सर्लाहीको एक निजी विद्यालयका विद्यार्थीहरुले आफ्नो खाजा खर्च जोगाएर अर्को विद्यालयका विपन्न विद्यार्थीलाई सहयोग गरेका छन् ।

सर्लाहीको ईश्वरपुर–६ मा रहेको लालीगुराँश एकेडेमीका विद्यार्थीले आफ्नो खाजा खर्च जोगाएर १८ हजार ५ सय रुपैयाँ बराबरका स्कुल ब्याग, कापी, पेन्सिल र व्यक्तिगत सरसफाइका सामग्री ईश्वरपुर–७ मा रहेको चन्द्रकुमारी प्राथमिक विद्यालयका ४८ जना विपन्न विद्यार्थीलाई वितरण गरेका छन् ।

उनीहरुको यस कामलाई विद्यालयले समन्वय गरेको छ । सरकारी विद्यालयमा अध्ययन गरिरहेका विपन्न विद्यार्थीलाई शिक्षामा टेवा पुगोस् भनेर थोरै भए पनि सहयोग गरेको विद्यालयका प्रधानाध्यापक उज्ज्वल शर्माले जानकारी दिए ।

निजी विद्यालयका विद्यार्थी समाज र देशप्रति उत्तरदायी छन् भन्ने उद्देश्यले विपन्न परिवारका विद्यार्थीलाई सहयोग गरिएको विद्यालयले जनाएको छ ।