काठमाडौं, भदौ २९ । बालअधिकार दिवसका लागि यो वर्षको मूल नारा ‘सुनिश्चित बाल अधिकार : समृद्ध नेपालको आधार’ भन्ने रहेको छ । तर ईमेज च्यानलबाट प्रशारित पछिल्ला केही समाचारहरुलाई नै आधार मान्ने हो भने पनि गरिबी र अभावका कारण बालबालिकामा जोखिम बढ्दै गएको छ ।
विभिन्न बहानामा चरम यौनशोषण र श्रमशोषण तथा बेचबिखनमा परेका बालबालिकाको अन्य अधिकारको कुरै नगरौं, आमा–बाबुको न्यानो मायामा बालापन बिताउने अधिकारसमेत गुमेको छ ।
प्रतिक्रिया दिनुहोस्