
धादिङ, भदौ २९ । भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि धादिङवेशीमा सरोकारवालाहरुसँग अन्तरक्रिया गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय मकवानपुरले धादिङमा रहेका १३ वटा स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसहित १०४ वटै वडाका अध्यक्षहरु तथा सम्पूर्ण कार्यालयका प्रमुखहरुको उपस्थितिमा अन्तरक्रिया गरिएको हो ।
अन्तरक्रियामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बार्षिक उजुरी रेकर्ड तथा पर्छ्यौट रेकर्ड, अनुसन्धानमा आइपर्ने चुनौतीहरु, भ्रष्टाचार न्युनिकरणका लागि स्थानीय तहले गर्नसक्ने कामहरु लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
एक वर्षको अवधिमा अख्तियारमा २४ हजारभन्दा बढी उजुरी परेका छन् । त्यसको ३० प्रतिशतभन्दा बढी उजुरी स्थानीय तहमा हुने गरेको आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्