महानगरपालिकाको निमन्त्रणामा आएका विदेशी पाहुनाद्वारा सम्पदा अवलोकन • Image Khabar Image Khabar


महानगरपालिकाको निमन्त्रणामा आएका विदेशी पाहुनाद्वारा सम्पदा अवलोकन


Imagekhabar
२९ भाद्र २०७६, आईतवार १७:५८

महानगरपालिकाको निमन्त्रणामा आएका विदेशी पाहुनाद्वारा सम्पदा अवलोकन

काठमाडौं, भदौ २९ । काठमाडौं महानगरपालिकाको निमन्त्रणामा इन्द्रजात्रा अवलोकनका लागि आएका विभिन्न देशका पाहुनाहरुले आज भक्तपुर र ललितपुरका विभिन्न सम्पदाको अवलोकन गरेका छन् ।

ललितपुरको मंगलबजार पुग्दा उनीहरुलाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र उपमेयर गीता सत्यालले स्वागत गरेका थिए । उनीहरुले विभिन्न सम्पदा क्षेत्रहरुको अभिरुचीपूर्वक अवलोकन गरेका थिए ।

काठमाडौं महानगरपालिकाको भगिनी सम्बन्ध रहेको पाँच देशका १३ नगरका पाँच प्रमुखसहित ४५ जना विदेशी पाहुना काठमाडौं आएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्