धनगढी, कात्तिक ९ । सामान किनमेलका लागि भारतीय सीमावर्ती बजार गौरीफन्टा बनगाउँ पुगेकी नेपाली युवतीलाई त्यहाँका व्यापारीले शनिबार दुर्व्यवहार गर्दै कुटपिट गरेका छन् । गौरीफन्टा बनगाउँस्थित ‘नेसनल फैन्सी स्टोर’का सन्चालकले देवी विष्टलाई कुटपिट गरेका हुन् । ‘पसलमा विष्टले किनमेल गरिरहेकी थिइन्’–प्रत्यक्षदर्शी पुष्पराज पाण्डेले भने–‘सामानको मूल्यबारे विवाद भएपछि पसलेले कुटपिट गरेका हुन् ।’ जिल्ला प्रहरी कार्यालय…