तिहार मनाउन पुख्यौली घर पुगेका उपराष्ट्रपति पुनलाई भब्य स्वागत • Image Khabar Image Khabar


तिहार मनाउन पुख्यौली घर पुगेका उपराष्ट्रपति पुनलाई भब्य स्वागत


Imagekhabar
९ कार्तिक २०७६, शनिबार ११:४२

तिहार मनाउन पुख्यौली घर पुगेका उपराष्ट्रपति पुनलाई भब्य स्वागत

रोल्पा । उपराष्ट्रपति नन्दबहादुर पुन आफ्नो पुख्यौली घर आएका छन् ।  परिवर्तन गाउँपालिका–२ रांसीको डाँडागाउँमा जन्मघर भएका उनी तिहार मनाउन आएको बताइएको छ ।

पहिलो कार्यकाल उपराष्ट्रपति भएका बेला घर आएका उपराष्ट्रपति पुनको दोस्रो कार्यकाल पछिको यो पहिलो आगमन भएको उनका भाइ भीमप्रकाश पुनले जानकारी दिए ।

उपराष्ट्रपति पुनले तिहारमा दिदीबहिनीको हातबाट टीका ग्रहण गर्ने कार्यक्रम छ । उनी गाउँपालिका स्तरमा हुने विभिन्न कार्यक्रममा सरिक हुने कार्यतालिका तय भएको वडाध्यक्ष हरिप्रसाद बुढाले जानकारी दिए ।

स्थानीय सरकार गठनपछि पहिलोपटक गृह गाउँपालिका आएको उपराष्ट्रपतिलाई स्थानीयले झाकी तथा बाजागाजासहित भव्य स्वागत गरेका थिए ।

आफ्नो गाउँपालिकामा उपराष्ट्रपतिको आगमनले आफूहरु निकै हर्षित भएको गाउँपालिकाका अध्यक्ष निमकान्त डाँगीले प्रतिक्रिया दिए । रासस

प्रतिक्रिया दिनुहोस्