Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


पुतलीसडकमा आगलागी

काठमाडौं, साउन २६ । काठमाडौंको पुतलीसडकमा आगलागी भएको छ । काठमाडौं महानगरपालिका–३१ पुतलीसडकस्थित कृष्णशङ्कर कसजुको घरको दोस्रो तलामा सोमबार अपराह्न आगलागी हुँदा कन्सल्टेन्सीमा क्षति पुगेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता सोमेन्द्रसिंह राठौरले आगलागी हुँदा स्टाण्डर्ड एजुकेशन कन्सल्टेन्सीको एक कोठामा क्षति पुगेको जानकारी दिनुभयो । विद्युत् चुहिएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ…