काठमाडौं, साउन २७ । उच्च अदालत पाटनले लगानी बोर्डको प्रमुख कार्यकारीका रुपमा काम नगर्न सुशील भट्टलाई आदेश दिएको छ । मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले भट्टलाई प्रमुख कार्यकारी नियुक्त गर्ने सरकारको साउन १९ गतेको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो । उच्च अदालतका रजिस्ट्रार बाबुराम दाहालले प्रमुख कार्यकारीका रूपमा कुनै काम नगर्नू, नगराउनू भनेर आदेश…