
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असंलग्न अभियान प्रभावकारी हुन नसकेको बताएका छन् ।
हरेक तीन वर्षमा नेताहरु भेला भएर नयाँ कार्यदिशा परिभाषित गर्ने गरेको भएपनि घोषणापत्रमा कार्यान्वयन गर्ने प्रणाली विकास नभएको उनको भनाइ थियो ।
‘बाकु कङ्ग्रेस सेन्टर’मा असंलग्न अभियानका राष्ट्र तथा सरकार प्रमुखहरुको १८ औं शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली अभियानको राजनीतिक सन्देश कार्यान्वयन गर्ने कुराका लागि मतैक्यतामा पुग्न प्रयास गरे नगरेको, सदस्य मुलुकभित्रै गहिरो रुपमा जरा गाडेको द्वन्द्व तथा भिन्नतालाई विश्लेषण गरेनगरेको तथा एकताको अवधारणामा समाधान गर्न प्रयास गरेको वा नगरेको प्रश्न गर्नुपर्नेमा जोड दिए ।
असंलग्न अभियानलाई विश्वव्यापी असमानता सदाका लागि अन्त्य गर्न सकियोस् भनी आन्तरिक रुपमा जोडिने, एकताबद्ध बनाउने, बलियो र बाह्यरुपमा प्रभाव पार्न सक्ने उनको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले आन्दोलनको एकतालाई प्रभाव पर्ने गरी विभाजन र विरोध बाहिर नआओस् भनी सद्भाव, समझदारी तथा सहयोग विकासमा जोड दिए ।
उनले संयुक्त राष्ट्र सङ्घलाई केन्द्रमा राखी बहुलवादलाई बलियो बनाउन सहयोग गर्न सक्ने देख्न चाहेको पनि बताए ।
प्रधानमन्त्री ओलीले असंलग्न अभियानको संस्थापक सदस्यका रुपमा नेपाल अग्रपंक्तिमा रहेर जिम्मेवारी लिने स्पष्ट पारे ।
असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरू बाकुमा भेला भएका हुन ।
प्रतिक्रिया दिनुहोस्