दुर्लभ मानिने सेतो काग काठमाडौंको टोखामा भेटियो • Image Khabar Image Khabar


दुर्लभ मानिने सेतो काग काठमाडौंको टोखामा भेटियो


Imagekhabar
९ कार्तिक २०७६, शनिबार १२:०३

दुर्लभ मानिने सेतो काग काठमाडौंको टोखामा भेटियो

काठमाडौं । काठमाडौको टोखामा दुर्लभ मानिने सेतो काग देखिएको छ ।

चरा बिशेषज्ञ डाक्टर तेजकुमार श्रेष्ठले काग तिहारको अघिल्लो दिन कालो रंगको कागको बथानमा सेतो रंगको काग पनि देखिएको बताए ।

उनले टोखा वरपरका चण्डेश्वरी, सपनतिर्थलगायतका क्षेत्रमा सेतो काग देखिएको बताए ।

कागवेनी, मुक्तिनाथ नजिकको स्थानमा त्रिकालदर्शी विद्धान काग थिए र तिनका सन्तान अहिलेका काग हुन भन्ने जनविश्वास छ ।

सेतो काग देखिनु धार्मिक दृष्टिकोणले शुभ–अशुभ दुबै रुपमा लिइने गरेको छ । सेतो काग धेरै बर्ष अगाडि कुलेश्वरमा देखिएको थियो ।

सेतो कागले प्राकृृतिक रुपमा वातावरण प्रदुषित हुदै गएको संकेत गर्ने जानकारहरुको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्