
धनगढी, कात्तिक ९ । सामान किनमेलका लागि भारतीय सीमावर्ती बजार गौरीफन्टा बनगाउँ पुगेकी नेपाली युवतीलाई त्यहाँका व्यापारीले शनिबार दुर्व्यवहार गर्दै कुटपिट गरेका छन् ।
गौरीफन्टा बनगाउँस्थित ‘नेसनल फैन्सी स्टोर’का सन्चालकले देवी विष्टलाई कुटपिट गरेका हुन् ।
‘पसलमा विष्टले किनमेल गरिरहेकी थिइन्’–प्रत्यक्षदर्शी पुष्पराज पाण्डेले भने–‘सामानको मूल्यबारे विवाद भएपछि पसलेले कुटपिट गरेका हुन् ।’
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले विष्टलाई कुटपिट गरिएको र पीडकलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए ।
सामान किनमेल गरी फर्कने नेपाली नागरिकलाई भारतीय बजार तथा सीमानाकामा भारतीय सुरक्षाकर्मीले रकम असुल्ने तथा कुटपिट र दुर्व्यवहार गर्दै आएका छन् । रासस
प्रतिक्रिया दिनुहोस्