काठमाडौं । वन तथा डढेलो विज्ञ सुन्दरप्रसाद शर्माले डढेलो नियन्त्रणका लागि संस्थागत विकासमा जोड दिन सुझाव दिनुभएको छ । बुधबार प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै विज्ञ शर्माले डढेलो नियन्त्रणका लागि डेडिकेटेड संरचना बनाउन सुझाउनुभएको हो । विज्ञ शर्माले डढेलो नियन्त्रणका लागि संस्थागत निकाय नहुँदा भविष्यमा नेपालले डढेलो प्रकोपको चुनौति सामना…