२६ माघ २०८१, शनिबार | Sat Feb 8 2025


चिसो बढेका कारण नेपालगञ्जमा शैक्षिक संस्थाहरु बन्द


0
Shares

काठमाडौं । शीतलहरका कारण चिसो बढेपछि नेपालगञ्जका सामुदायिक तथा संस्थागत विद्यालयहरु तीन दिनका लागि बन्द भएका छन् ।

चिसो बढेपछि विद्यालय सञ्चालन गर्न कठिनाइ भएकाले आज बुधबार माघ ९ गतेदेखि माघ ११ गतेसम्म जाडोकोे बिदा दिइएको हो ।

मौसम प्रतिकूल भएका कारण शीतकालीन बिदाबाट कट्टी हुनेगरी बिदा दिइएको नेपालगञ्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख गोर्खबहादुर थापाले जानकारी दिनुभयो ।

चिसो बढेपछि अभिभावकहरुले पनि विद्यालयमा पठनपाठन बन्द गर्न विद्यालयका साथै पालिकामा अनुरोध गरेका थिए ।