५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


धरानवासीको खानेपानीको समस्या समाधानको माग गर्दै हर्क साम्पाङ सिंहदरबारमा


1.586k
Shares

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ धरानवासीको पानीको समस्या समाधान गर्न माग गर्दै खानेपानीमन्त्रीलाई भेट्न सिंहदरबार पुग्नुभएको छ ।

मंगलवार बिहान उहाँ रित्तो गाग्री बोकेर सिंहदरबार प्रवेश गर्न लाग्दा रित्तो गाग्री भने प्रहरीले खोसेको छ । साथै सिंहदरबार दक्षिण प्रवेश द्वारमा प्रहरीको निगरानी बढाइएको छ ।

मेयर साम्पाङले धरानवासीको खानेपानीको समस्या दीर्घकालीन समाधान गर्न माग गर्नुभएको छ । —न्युज एजेन्सी नेपाल