
काठमाडौं । सशस्त्र प्रहरीले आज २४ औँ सशस्त्र प्रहरी दिवस मनाउँदैछ । समारोहमा अमर सशस्त्र प्रहरीलगायत सशस्त्र प्रहरी कर्मचारीहरुले कार्यक्षेत्रमा पुर्याएको त्याग, बलिदान, साहस अनि कर्तव्यपरायणताको स्मरण गरिँदैछ ।
सशस्त्र प्रहरीको थप व्यवस्थित परिचालनका लागि विसं २०७२ मा सशस्त्र प्रहरी ऐनलाई संशोधन गरि सशस्त्र प्रहरी नियमावली बनाइएको हो ।
यस नियमावलीले सशस्त्र प्रहरी र तिनका परिवारका कल्याणका बारेमा स्पष्ट सम्बोधन गरेको छ । भुकम्पलगायत अन्य प्राकृतिक प्रकोप नियन्त्रण र उद्धारका लागि सशस्त्र प्रहरीको भूमिका महत्वपुर्ण रहंँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्