५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


डढेलोबाट हुने क्षति न्युनिकरणका लागि १५ दिनभित्र कार्ययोजना बनाई कार्यान्वयन गर्न सरकालाई निर्देशन


182
Shares

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले वन डढेलाबाट हुने क्षति न्युनिकरणका लागि १५ दिनभित्र कार्ययोजना बनाई कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन दिएको छ ।

बुधबार सिंहदरबारमा बसेको समिति बैठकले सुख्खा मौसममा सामुदायिक जंगलहरुमा डढेलोको प्रकोप बढेर गएकाले त्यसको नियन्त्रणका लागि आवश्यक सावधानी अपनाउन सरकारलाई निर्देशन दिएको हो ।

समिति सभापति कुसुमदेवी थापाले बढ्दो वन डढेलोको कारण मानवीय क्षति समेत हुने गरेको उल्लेख गर्दै वनमा डढेलो लगाउने जो कोहीलाई कानून बमोजिम कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशान दिनुभयो । समितिले डढेलोसम्बन्धि जनचेतनालाई अझै प्रभावकारी बनाउन नेपाल टेलिकमलाई रिङटोन बजाउन अनुरोध गर्ने निर्णय समेत गरेको छ ।

समितिले प्लास्टिकमुक्त देश बनाई वातावरण स्वच्छता राख्ने सम्बन्धमा आउँदो बैशाखबाट काठमाडौं उपत्यकाबाट शुरु गर्नेगरी आवश्यक तयारी गर्न वन तथा वातावरण मन्त्रालयलाई निर्देशन समेत दिएको छ ।

समितिले आज वन डढेलो प्रकोपको न्युनिकरणका लागि सरोकारवालाहरुसँग छलफल गरेको हो ।