५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


५ औँ ल एशिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन फागुन ३ गतेदेखि हुने


0
Shares

काठमाडौं । ५ औँ ल एशिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन फागुन ३ गतेदेखि सञ्चालन हुने भएको छ ।

मंगलबार नेपाल बार एशोसिएशनले पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो ।

आगामी फागुन ३ गतेदेखि ५ गतेसम्म सम्मेलन हुने बताइएको छ ।

नेपाल बार एशोसिएशनको आयोजनामा हुने सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुहुने नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले बताउनुभयो । अन्तर्राष्ट्रिय मानवाधिकार सम्मेलनमा ल एशियाका सदस्य तथा गैर-सदस्यहरू समेत गरी ३६ भन्दा बढी देशका ३ सय भन्दा बढी प्रतिनिधिहरु सहभागी हुने बताउनुभयो । ‘मानव अधिकारको सहनशीलताः प्राविधिक, वातावरणीय र सामाजिक चुनौतीहरूको सामना’ भन्ने मूल विषयवस्तुमा सम्मेलन केन्द्रित रहने बताउनुभयो ।

उहाँले सम्मेलन संवाद र सहकार्यको लागि एक महत्वपूर्ण मञ्च हुने बताउनुभयो ।