काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विपीको नाम लिएर आफूलाई मन लागेका कुराहरु भन्ने परिपाटी कांग्रेसमा विकसित भइरहेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा कैलास कोईरालाद्वारा लिखित उपन्यास शास्त्रको विमोचन कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो । महामन्त्री थापाले पार्टीभित्र नेताहरुलाई आफूलाई भन्न मन लागेको कुराहरु विपीको नाम लिएर भन्ने गरेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभएको…