१ माघ २०८१, मंगलबार | Wed Jan 15 2025


लोडसेडिङ हुदाँ खुशी हुने जमातले लोडसेडिङको हल्ला फिँजाए : कुलमान घिसिङ


1.027k
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्याकारी निर्देशक कुलमान घिसिङले मुलुकमा लोडसेडिङ हुँदा रमाउने जमातले नै लोडसेडिङ घोषणा भएको हल्ला फैल्याएको दाबी गर्नुभएको छ ।

शुक्रबार नेपाल पूर्वाधार पत्रकार समाजद्वारा अयोजित कार्यक्रममा बोल्दै लोडसेडिङ हुँदा रमाउने जमातले प्राविधिक रुपमा थोरै समस्या हुँदा बजारमा लोडसेडिङ घोषणा भएको हल्ला फैल्याएको दाबी गर्नुभएको हो ।

कार्याकारी निर्देशक घिसिङले अहिले लोडसेडिङ नभएर आयोजनाहरुमा आएको प्राविधिक कारणले केही घण्टा जलविद्युत वितरणमा समस्या भएको बताउनुभयो । उहाँले माथिल्लो तामाकोशी र कालिगण्डकी बन्ने बित्तिकै लोडसेडिङ समस्या समाधान हुने दाबी गर्नुभयो ।

कार्याकारी निर्देशक घिसिङले व्यस्त समयमा केही मात्रै उद्ययोगको लाईन काटेको भन्दै त्यो समयमा नागरिकलाई सहज बनाएको बताउनुभयो । उहाँले उद्ययोगीहरु विद्युत काट्यो भनेर प्राधिकरणले लोडसेडिङ घोषणा ग¥यो भन्दै हल्ला फैल्याउन व्यस्त भएको बताउनुभयो ।

कार्याकारी निर्देशक घिसिङले माथिल्लो तामाकोशी र कालिगण्डकी जलविद्युत आयोजना आगामी १० दिनमा जोडिएपछि लोडसेडिङको समस्या पनि हट्ने जानकारी दिनुभयो । उहाँले प्राधिकरणको घाटामा फाइदा लिनेहरु धेरै रहेको बताउनुभयो ।

कार्याकारी निर्देशक घिसिङले जनतालाई लोडसेडिङमा राखेर उद्योगले प्रयोग गरेको विद्युतको रकम व्यवसायीहरुले दिनको विकल्प नभएको उल्लेख गर्नुभयो । उहाँले जनतालाई लोडसेडिङमा राखेर उद्योगले प्रयोग गरेको विद्युतको रकम तिर्नुपर्नेमा जोड दिनुभयो । उहाँले ऊर्जा मन्त्रीप्रति संकेत गर्दै बाढीको कारण क्षति भएका आयोजनाहरु बनाउन असहयोग भएको बताउनुभयो ।

स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (ईप्पान) अध्यक्ष गणेश कार्कीले वर्तमान सरकारले पूर्वाधार क्षेत्रको विकार गर्न नसके कसैले पनि गर्न नसक्ने बताउनुभयो । उहाँले देशको विकासमा पूर्वाधारको विकास महत्वपूर्ण रहेको बताउनुभयो ।

अध्यक्ष कार्कीले पूर्वाधारको विकासका लागि सिमेन्ट अत्यन्तै आवश्यक रहेको बताउनुभयो । उहाँले सरकारले सिमेन्टको मूल्य बढाउनेलाई कारबाही गर्नुपर्ने माग राख्नुभयो । उहाँले सिमेन्टको मूल्य बढ्दै जाँदा जलविद्युत आयोजनाहरुको लागि उच्च रुपमा वृद्धि हुने बताउनुभयो ।

अध्यक्ष कार्कीले जलविद्युत आयोजनाको कारण सरकारले कल्पना गर्न नसक्ने ठउँमा बाटो पुगेको बताउनुभयो । उहाँले उर्जाको विकासमा सामाजिक उत्तरदायित्वमा जोडेर जानुपर्ने बताउनुभयो । उहाँले भारतबाट विद्युत आएन भने अझै लोडसेडिङ हुने अवस्था रहेको बताउनुभयो ।