काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले यदि कुनै चमत्कार भएन भने पार्टी विभाजन निश्चित रहेको बताउनुभएकाे छ।
पूर्वउपसभापति खड्काले आइतबार सामजिक सञ्जालमार्फत यस्ताे बताउनुभएकाे हाे । पूर्वउपसभापति खड्काले तैपनि त्यसलाई रोक्न अन्तिम प्रयास गरिरहेकाे समेत बताउनुभएकाे छ। उहाँले देशको वर्तमान विषम परिस्थितिमा लोकतन्त्रको इतिहास बोकेको सबै भन्दा ठूलो पार्टी विभाजन हुनुले मुलुकको लोकतन्त्रमै गम्भीर दुष्प्रभाव पार्ने चिन्ता समेत व्यक्त गर्नुभयाे।
पार्टीभित्र दुई पक्षले १५औं महाधिवेशन तोकेर समानान्तर गतिविधि गरिरहेकाे समयम पूर्वउपसभापति खड्काले सम्भावित पार्टी विभाजनलाई रोक्न अन्तिम प्रयास गरिरहेको जानकारी गराउनुभएकाे छ।













प्रतिक्रिया दिनुहोस्