१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025


न्यायपालिका पारदर्शी रहेको प्रधानन्यायाधीश राउतको भनाइ


1.027k
Shares

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले अहिलेको न्यायपालिका पारदर्शी रहेको बताउनुभएको छ ।
बिहीवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

प्रधानन्यायाधीश राउतले अहिलेको न्यायपालिका ट्रान्सपरेन्स रहेको भन्दै पारदर्शी नभएको कुरा कसैले भने आफ्नो गम्भीर आपत्ति हुने बताउनुभयो । उहाँले अहिले खुला अदालतको रुपमा सुनुवाइ भइरहेको बताउनुभयो । उहाँले अदालतप्रति अहिले कसैले पनि संशय गर्ने ठाउँ नरहेको जिकिर गर्नुभयो ।

प्रधानन्यायाधीश राउतले निष्पक्षता न्यायपालिकाको प्राण भएको उल्लेख गर्दै त्यसको अधिकतम र प्रचुर प्रयोग गर्नुपर्ने बताउनुभयो । उहाँले न्यायपालिकाप्रति संशय हुनेगरी कहिले पनि काम नगर्ने प्रतिवद्धता जनाउनु भयो ।

‘अहिलेको जुडिसियरी ट्रान्सपरेन्स छ । पारदर्शी छ यो । कसैले यो पारदर्शी छैन भन्नेकुरा भन्छ भने त्यसमा मेरो गम्भीर आपत्ति हुनेछ । हामीले जे काम गर्छौं, खुला अदालतको रुपमा हामी सुनुवाइ गर्दछौँ । र एउटा प्रक्रियामा भएका जतिपनि अवस्थाहरु छन् । त्यो सबै कानून व्यवसायीहरुको अगाडि, पक्ष, विपक्षको अगाडि र त्यसपछि सबै यस्तो स्थिति छ, त्यहाँ कसैले शंका र संशय गर्ने ठाउँ नै छैन ।’ प्रधानन्यायाधीश राउतले भन्नुभयो ।

प्रधानन्यायाधीश राउतले न्यायपालिका र पत्रकारिताको स्वतन्त्रता संविधानले आत्मसाथ गरेका कुराहरु भएकाले त्यसको दुरुपयोग हुनु नहुने बताउनुभयो । -न्युज एजेन्सी नेपाल