Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


घोप्टेभिरको पहिरो हटाइयो, पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा


0
Shares

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा खसेको सुक्खा पहिरो हटाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको छ।

आज बिहान पहिरो खसेपछि अवरुद्ध भएको सडक दिउँसो १२ बजेदेखि एकतर्फी सञ्चालन गरिएको थियो। पहिरो पूर्ण रूपमा पन्छाएपछि दिउँसो २ः१५ बजेदेखि भने दुवैतर्फका सवारीसाधन आवतजावत गर्न थालेका हुन्।

सडक दुईतर्फी खुलेसँगै पहिरोका कारण रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्। यसअघि एकतर्फी आवागमन हुँदा सवारीसाधनलाई पालैपालो पठाउने व्यवस्था मिलाइएको थियो।

Skip This