६ माघ २०८१, आइतबार | Mon Jan 20 2025


राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै


299
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो १२ बजे शुरु हुने पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकमा आज समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, स्थानीय तहको उपनिर्वाचनको समीक्षा, पार्टीको स्थानीय तहहरूको अधिवेशन, पृथ्वी जयन्तीलगायतका विविध विषयहरूमा छलफल हुने जनाइएको छ ।