Logo १६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026


राष्ट्रिय सभाबाट ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक’ सर्वसम्मत पारित


0
Shares

काठमाडाैं । राष्ट्रिय सभाको शुक्रवार बसेको बैठकले ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३’ सर्वसम्मत रूपमा पारित गरेको छ ।

हवाई सेवालाई थप सुरक्षित, भरपर्दो र जिम्मेवार बनाउने उद्देश्यले ल्याइएको यो विधेयकले यात्रुको अधिकार संरक्षणका साथै दुर्घटना वा अन्य प्राविधिक समस्यामा यात्रुले पाउने क्षतिपूर्तिको कानूनी आधार तयार पारेको हो ।

शुक्रवारको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले विधेयक पारित गरियोस् भनी प्रश्ताव पेश गर्नुभएको थियो । सदनमा उपस्थित सदस्यहरूले उक्त प्रश्तावलाई सर्वसम्मत रूपमा समर्थन गरेका हुन् ।

नयाँ ऐनको प्रश्तावनामा उल्लेख गरिएअनुसार, हवाई दुर्घटनामा हुने मृत्यु, अङ्गभङ्ग, चोटपटक, उडानमा हुने विलम्ब वा यात्रा स्थगन हुँदा यात्रु वा तेस्रो पक्षले प्राप्त गर्ने क्षतिपूर्तिको व्यवस्थालाई स्पष्ट र व्यवस्थित बनाउने लक्ष्य लिइएको छ ।

यसअघि छरिएर रहेका वा स्पष्ट नभएका कानुनी प्रावधानहरूलाई एकीकृत गर्दै यो ऐनले वायुसेवा कम्पनीहरूलाई थप उत्तरदायी बनाउने अपेक्षा गरिएको छ ।

Skip This