Logo १६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026


‘फेस अफ लिटिल स्टार २०८३’ को पहिलो सिजनका लागि अडिसन हुँदै


0
Shares

काठमाडौं । बालबालिकामा लुकेको प्रतिभा उजागर गर्ने उद्देश्यले ‘फेस अफ लिटिल स्टार २०८३’ को पहिलो सिजनका लागि अडिसनकाे आयोजना गरिएकाे छ ।

आगामी असोज १८ गते आइतबार अडिसन सञ्चालन हुने आयोजकले जनाएको छ । बिहान १० बजेदेखि सुरु हुने अडिसन महाँकालस्थित नङ्सालमा आयोजना हुनेछ । आफ्ना बालबालिकाको प्रतिभा प्रस्तुत गर्ने अवसरका रूपमा अडिसनमा सहभागी गराउन आयोजकले अभिभावकलाई आग्रह गरेको छ ।

अडिसनमार्फत बालबालिकाको क्षमता र प्रतिभा पहिचान गरी उनीहरूलाई आफ्नो कला प्रदर्शन गर्ने अवसर प्रदान गरिने लक्ष्य राखिएको छ ।

Skip This