काठमाडौं । नेपाल प्रहरीमा कार्यरत प्रहरी जवान तथा गायक शुक्रराज विश्वकर्माको स्वरमा रहेको नयाँ गीत ‘दर्शनै छ’ सार्वजनिक भएको छ ।
स्टुडियो ८८४८ को प्रस्तुतिमा तयार भएको गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतमा डीपी खनालको शब्द तथा प्रमेश राईको संगीत र निर्माण रहेको छ ।
उक्त गीतको अभिनय राज शर्मा, अञ्जिता चाम्लिङ, टुकेन्द्र राई (भूमिमान्छे) र राकेश दर्नालले गरेका छन् ।
भिडियोको निर्देशन किरण राईले गरेका छन् भने राज शर्माले कोरियोग्राफी गरेका छन् । दीपक थाम्सुहाङले छायांकन गरेको भिडियोको सम्पादन किरण राई र कलर संयोजन सुमित राईले गरेका हुन् ।
गीतको मिक्सिङ तथा मास्टरिङ सुनील राई (केपीओ स्टुडियो) ले गरेका छन् । गीतको रेकर्डिङ स्टुडियो ८८४८ मा गरिएको हो भने पोस्ट प्रोडक्सनको काम जेरुशा फिल्म्सले गरेको छ । गीतका निर्माता सुभाष विश्वकर्मा हुन् ।









प्रतिक्रिया दिनुहोस्