Logo १६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026


ओखलढुंगामा यात्रु सहायता कक्ष स्थापना


0
Shares

शुभकला राई, ओखलढुंगा । चाडपर्व नजिकिएसँगै ओखलढुंगा भित्रिने र बाहिरिने यात्रुको सुविधाका लागि ओखलढुंगामा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

चाडपर्वको समयमा यात्रुलाई पर्न सक्ने समस्या समाधान र सहज यात्राका लागि सहायता कक्ष सञ्चालनमा ल्याइएको हो । ओखलढुंगा सदरमुकामको रमाइलोडाँडा र मानेभञ्ज्याङको हर्कपुरमा सहायता कक्ष स्थापना गरिएको छ ।

चाडपर्वको अवधिभर देश तथा विदेशका विभिन्न स्थानबाट ओखलढुंगा भित्रिने र जिल्लाबाट बाहिरिने यात्रुहरूलाई लक्षित गरी सहायता कक्षहरू सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

यात्रुहरूलाई आउन सक्ने सम्भावित समस्यालाई तत्काल सम्बोधन गर्न सहायता कक्षमा नेपाल प्रहरी र ट्राफिक प्रहरीको जनशक्ति परिचालन गरिएको छ ।

रमाइलोडाँडास्थित सहायता कक्षमा प्रहरी सहायक निरीक्षक अनिश कटवाल र ट्राफिक प्रहरी जवान सन्तोष दाहाल तथा हर्कपुरस्थित सहायता कक्षमा प्रहरी सहायक हवल्दार रञ्जना उप्रेती र ट्राफिक प्रहरी सहायक हवल्दार रिता कोइरालालाई खटाइएका छ ।

Skip This