काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। यसका कारण देशका केही हिमाली तथा पहाडी क्षेत्रमा बदली भएको छ भने तराईका केही स्थानमा तुवाँलो लागेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बादल लागेको अवस्था छ।
महाशाखाले आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरेको छ। कोशी र गण्डकी प्रदेशका उच्च हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना छ।
यस्तै, आज राति कोशी, मधेस र लुम्बिनी प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।
बिहीबार दिउँसो पनि कोशी र मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। देशका अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।









प्रतिक्रिया दिनुहोस्