Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


निर्वाचन रणनीतिक सडक धमाधम कालोपत्रे हुँदै


0
Shares

काठमाडौं । टोखा नगरपालिका र बुढानिलकण्ठ नगरपालिका जोड्ने काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ रणनितिक सडक निर्माणको अन्तिम चरणमा पुगेको छ ।

सडक डिभिजन काठमाडौं माताहत रहेका यो योजना २०७९ मंसिर १५ बाट निर्माण शुरु भएको थियो । काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा यो योजना अन्तर्गत सडक स्तरोन्नति थालिएको थियो । देशभरका निर्वाचन क्षेत्र रणनितिक सडक २०७७ मा शुरुवात भएपनि यो सडक २०७९ बाट निर्माण थालिएको सडक डिभिजन काठमाडौंका इन्जिनियर प्रमोद खतिवडाले जानकारी दिनुभयो ।

निर्माण आयोजनामा, मुअब्जा, विद्युतीय पोल, खानेपानीको व्यवस्थापन र ढल निकासका समस्याका कारण समय भन्दा ढिला भएको खतिवडाको भनाई छ । यो सडकले भद्रकाली स्कुल, लुडे खोला, पासीकोट, पहेले गणेश मन्दिर, विष्णुमती पुल, टोखा चण्डेश्वरी हुँदै सपनतीर्थसम्म सडक स्तरोन्नती गरिएको हो ।

कुल ५ किलोमिटर लम्बाई रहेको यो सडकले टोखा नगरपालिका वडा नम्बर २ र बुढानिलकण्ठ नगरपालिकाका वडा नम्बर ४ र ६ का स्थानीयहरुलाई आवागमनमा सहज बनाउने छ । यो सडकको कुल लागत १२ करोड ४२ लाख ९८ हजार रहेको छ । यो सडक योजना काठमाडौं निर्वाचन क्षेत्र सडक योजनाको अन्तिम सडक रहेको खतिवडाले बताउनुभयो ।

Skip This