काठमाडौं, जेठ १४ । संघीय गठबन्धनले आफ्नो नाममा वार्ताको आह्वानसहित पत्र आए सरकारसँग वार्तामा बस्न सकिने निर्णय गरेको छ ।शुक्रबार राजधानीमा बसेको गठबन्धनको बैठकले आफ्नो नाममा पत्र आए सरकारसँग वार्तामा बस्न सकिने निर्णय गरेको हो ।बैठकले सरकारले आफूहरुलाई वार्ताका लागि नबोलाई पत्र लेखेको अभिव्यक्ति दिएको भन्दै आपत्तिसमेत जनाएको छ ।अझैपनि सरकारले परिणाममुखी वार्ता नचाहेको भन्दै…