काठमाडौं । राष्ट्रियसभामा नेकपा एमाले सांसद सुमित्रा बिसीले सडक व्यवस्थित र सुरक्षित बनाउन सरकारसँग आग्रह गर्नुभएको छ । आजकोे राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद बिसीले असारे बजेटका नाममा अन्तिम समयमा आएर बजेट खर्च गर्ने र त्यस बेलाको काम हतारमा हुने भएकाले जनताले तिरेको करको प्रभावकारीता नदेखिएको बताउनुभयो । उहाँले ठेकेदार कम्पनीको लापरवाहीले समयमै काम सम्पन्न…