१ माघ २०८१, मंगलबार | Wed Jan 15 2025


मुग्लिङ-नौबिसे सडकखण्ड आजदेखि दैनिक ३ घण्टा बन्द


1.066k
Shares

काठमाडौं । मुग्लिङ–नौबिसे सडकखण्ड आज (पुस ७ गते)देखि एक साता दैनिक ३ घण्टा बन्द हुने भएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत उक्त सडकखण्डको पोखरेभीर र विशालटारमा चट्टान काटेर घुम्ती सुधार गर्नुपर्ने भएकाले आइतबारदेखि सडक बन्द गर्न लागिएको हो ।

पुस ३ गते जिल्ला सुरक्षा समितिको बैठकले सडक बन्द गरेर मोड सुधारको काम गर्ने निर्णय गरेअनुसार आज पुस ७ गतेदेखि पुस १३ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सडक बन्द हुनेछ ।

सडक बन्द हुने अवधिमा सवारी साधनहरुलाई रोकेर राख्ने स्थान तोके अनुसार पोखरेभीर मोड सुधारका लागि गल्छी–बैरेनी र चालिसेमा भारी सवारीसाधनहरुलाई रोकिने छ भने हलुका सवारी साधन जरेखेत र घाटबेसीमा रोकिनेछ ।

त्यस्तै विशालटार मोड सुधारका लागि भारी सवारी साधन मझिमटार र बेनीघाटमा तथा हलुका सवारी साधन चरौदी बजार र विशालटारमा रोकिने जनाइएको छ ।

यस अवधिमा एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधनलाई भने बाटो खुला गरिने बताइएको छ ।