Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


कांग्रेस महाधिवेशन: १ हजार २२९ मत गणना हुँदा उपसभापति र महामन्त्रीमा कसको कति मत ?


975
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारी पदको मतगणना जारी रहँदा उपसभापति र महामन्त्रीका केही उम्मेदवारले अग्रता बनाएका छन् ।

आइतबार बिहानसम्म १ हजार २२९ मत गणना हुँदा ५ मत बदर भएका छन् भने १ हजार २२४ मत सदर भएका छन् ।

उपसभापति खुलातर्फ दुई पदका लागि भइरहेको प्रतिस्पर्धामा डा. चन्द्रकान्त भण्डारी ६४३ मतसहित पहिलो स्थानमा छन् । उनलाई मधु आचार्यले ३६२ मतका साथ पछ्याइरहेका छन् । गोविन्द भट्टराईले ३०८, सुरेन्द्रराज पाण्डेले ३०५, दीपक गिरीले २४८, धनराज गुरुङले २२३ र प्रा.डा. चन्द्रमोहन यादवले १२९ मत प्राप्त गरेका छन् ।

उपसभापति समावेशीतर्फ विनोदकुमार चौधरी ३५७ मतसहित अगाडि छन् । जीवन परियारले ३००, फरमुल्लाह मंसुरले १७७, सीता गुरुङले १५७ र रञ्जित कर्णले १०० मत पाएका छन् ।

महामन्त्री खुलातर्फ प्रदीप पौडेल ७२३ मतसहित अग्रस्थानमा छन् । दोस्रो स्थानमा रहेका अमरसिंह पुन मगरले ४५५ मत प्राप्त गरेका छन् । उदयशमशेर राणाले ४१२ र डा. सुनिलकुमार शर्माले ३०९ मत पाएका छन् ।

महामन्त्री महिलातर्फ डा. डिला संग्रौला ९पन्त० ५३६ मतसहित अगाडि छन् । उनलाई महालक्ष्मी उपाध्याय (डिना) ले ५१३ मतका साथ पछ्याइरहेकी छन् ।

मतगणना जारी रहेकाले अन्तिम नतिजा आउन बाँकी छ ।