काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना विवादका कारण रोकिएको छ ।
शनिबार दिउँसो सुरु भएको मतगणनाका क्रममा मतपेटिकाको अवस्थाबारे प्रश्न उठेपछि गणना प्रक्रिया अवरुद्ध भएको हो ।
मतदानस्थलबाट ल्याइएको एउटा मतपेटिका फेला नपरेको र अन्य दुई मतपेटिकाको सिल खोलिएको भन्दै उम्मेदवार तथा प्रतिनिधिहरूले आपत्ति जनाएका छन् । यस विषयमा विवाद उत्पन्न भएपछि मतगणना रोकिएको हो ।
उत्पन्न विवाद समाधान गरी मतगणना पुनः सञ्चालन गर्ने प्रयास भइरहेको जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्