काठमाडौं, भदौ १८ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको जीवनीमा आधारित पुस्तक सार्वजनिक भएको छ । पत्रकार अनिल थापाद्वारा लिखित ‘अविराम बाबुराम’ पुस्तक शनिबार काठमाडौंमा सार्वजनिक गरिएको हो । पुस्तकमा बाबुराम भट्टराईको अध्ययन, यात्रा, सशस्त्रयुद्धकाक्रममा भएका उतार–चढाव, शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेपछिको अवस्थालाई उल्लेख गरिएको छ । त्यस्तै, पार्टीभित्रको अन्तरद्वन्द्व, पार्टी छोड्नको कारण, नयाँ शक्तिको आवश्यकतालगायतका विषयलाईसमेत…