
काठमाडौं, भदौ १८ । प्रधानमन्त्री पुष्पकमल दाहालले पद्धतीभन्दा दायाँ बायाँ गर्ने मन्त्रीहरुलाई बर्खास्त गर्ने चेतावनी दिएका छन् ।
प्रशासन र राजनीतिबीचको अन्तरसम्वन्ध विषयक मन्त्री र सचिवहरुको अन्तरक्रियामा प्रचण्डले सरकार गठन गर्दै गर्दा मैले सत्तारुढ दलका नेताहरुसँग सहमति गरेको छु, मन्त्रीहरु प्रधानमन्त्रीप्रति जवाफदेही हुनुपर्छ, सिस्टमभन्दा दायाँ बाँया गर्नुभयो भने जो कोहीलाई बर्खास्त गर्छु भने ।
सचिवहरु पनि मूख्य सचिवप्रति जवाफदेही हुनुपर्ने भन्दै उनले दायरा बाहिर नजान चेतावनी दिए ।
मन्त्री र सचिव मिलेपछि जे गर्न पनि सकिन्छ भन्ने रहको भन्दै प्रधानमन्त्रीले सचिवहरुले मूख्य सचिवलाई नटरेको हो कि जस्तो लागेकोले सचिवहरुलाई सुध्रन आग्रह गर्दै नत्र कदम चाल्छु भने ।
जनताले राहत महशूस गर्नेगरी काम गर्न निर्देशन दिँदै जनताले ससाना काममा परिणाम खोजिरहेकोले त्यस्ता काम मन्त्री, सचिव, कर्मचारी मिलेर गर्नुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयन गरेर स्थिरतातर्फ मुलुकलाई लैजानु अहिलेको मुख्य चुनौती भएको बताए ।
संविधान कार्यान्वयन गर्ने चुनौतीको सामना गर्न नसके देश नै दुर्घटनामा पर्ने भन्दै सबै सजग भएर काम गर्नुपर्ने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्